नेपाल पुरुष यु१९ एशिया कपको पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ।
काठमाडौँ– नेपाल पुरुष यु१९ एशिया कप २०२४ को पहिलो खेलमा श्रीलंकासँग पराजित भएको छ। नेपाललाई श्रीलंकाले ५५ रनले पराजित गरेको हो।
श्रीलंकाले नेपाललाई जितका लागि २३४ रनको लक्ष्य दिएको थियो। तर नेपालले ४६.२ ओभर खेल्दै सबै विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो।
नेपालका लागि मयन यादवले सर्वाधिक ६२ रन बनाए। उनले ९१ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे। आकाश त्रिपाठीले ३३ बलमा ३ चौकाको मदतमा १९ रनको योगदान दिए। उत्तम मगरले १७, नारेन साउदले १६, अर्जुन कुमाल र नरेन भट्टले समान १२/१२ रन बनाउँदा नेपालले १९ रन अतिरिक्त पायो।
बलिङतर्फ श्रीलंकाका प्रवीण मनीषाले ३, न्युटन रणजितकुमार, कुगादास मथुलन र विहास थियुमिकाले समान २/२ तथा विरन चमुदिथाले १ विकेट लिए।
यसअघि यूएईको शारजहास्थित शारजहा क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो।
श्रीलंकाका लागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए। उनले ९९ बल खेल्दै २ चौका प्रहार गरे।
लकविन अवेसिंघेले ५० रनको योगदान दिए। उनले ५३ बलमा १ छक्का र २ चौका प्रहार गरे।
दुल्निथ सिगेरा र विमथ दिनसाराले समान २४/२४ रन बनाए । कविजा गमागेले नटआउट ३७ रनको योगदान दिए।
नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए। यस्तै, युवराज खत्रीले २, हेमन्त धामी र नरेन साउदले समान १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
