सीआईबीले भारतीय नम्बरबाट फोन तथा म्यासेज पठाएर व्यवसायीलाई आतंकित पारी आपराधिक लाभ लिन खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्क्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
भारतीय नम्बरबाट फोन तथा म्यासेज पठाएर व्यवसायीलाई आतंकित पारी आपराधिक लाभ लिन खोजेको आरोपमा सीआईबीको टोलीले झापाका नवीन प्रधान भन्ने हरिचन्द्र फुयाँललाई पक्राउ गरेको हो।
ब्युरोका अनुसार झापाको मेचीनगर नगरपालिका–१३ चारआली बस्ने ३६ वर्षीय फुयाँलले ‘भारतीय आपराधिक समूह’को सदस्य भएको भनी व्यवसायीलाई धम्क्याउने गरेका थिए।
मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंको निर्देशनमा उनले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
फुयाँल यसभन्दा अगाडिसमेत विभिन्न कसुरमा संलग्न भई फरार रहेकोसमेत खुल्न आएको सीआईबीले जनाएको छ। प्रहरीले उनको साथबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
