भारतका विभिन्न शहरमा रोजगारीका लागि कैलालीको त्रिनगर भन्सार नाका हुँदै एक सातामा नौ हजार १४९ जना नेपाली बाहिरिएका छन्।
कैलाली– यस वर्षका ठूला चाडपर्व सकिएका छन्। बडादशैँ, तिहार (दीपावली), छठलगायत पर्व सकिएसँगै चाडबाड मनाउनकै लागि घर फर्किएकाहरू पुनः आफ्नो कर्मथलो फर्किन थालेका छन्। हाल सुदूरपश्चिमका नाका यसरी रोजगारीका लागि छिमेकी राष्ट्र भारत फर्किनेहरूको भिड देख्न सकिन्छ ।
कैलालीको त्रिनगर भन्सार नाकाबाट दैनिक एक हजारभन्दा बढी नेपाली रोजगारका लागि भारत गइरहेको सीमानाकास्थित सशस्त्र प्रहरी सीमा सहायता कक्ष (हेल्प डेस्क) ले जनाएको छ। यहाँबाट एक सातामा नौ हजार १४९ जना नेपाली भारतका विभिन्न शहरमा रोजगारीका लागि बाहिरिएका तथ्यांक छ।
लामो समयदेखि भारतको रत्नागिरीमा रोजगारी गर्दै आएका कैलालीको मोहन्याल गाउँपालिकाका प्रदीप सार्कीले केही समयअघि चाडपर्व मनाउनैका लागि आफू घर आए पनि पुनः रोजगारीका लागि जान लागेको बताए। उनले आफूले रत्नागिरीमा स्याउ टिप्ने काम गर्दै आएको बताए। “हाम्रो देशमा काम पाउनै गाह्रो छ, पाइहाले पनि यहाँको कमाइले परिवारको खर्च धान्न मुस्किल पर्छ। त्यसैले रोजगारीका मुग्लान जानुको विकल्प छैन। यस्तै चाडपर्वमा घरपरिवार भेट्न आए पनि फेरि उतै जानुपर्छ”, सार्कीले भने।
सोही नाकाबाट बाहिरिइरहेका डडेलधुराका गंगा महराले पनि बडादशैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाटका लागि घर आएको र चाडवर्प सकिएसँगै फेरि रोजगारीका लागि भारतको सुरत फर्किन लागेको सुनाए। यस्तै, अछामका सन्तोष परियारले पनि रोजगारीका लागि भारतको मुम्बई गइरहेको बताए। यसरी जाने नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि भारतमा रोजगारी गर्छन्।
कतिपयले खेतीपातीको काम सम्पन्न गरी अन्नबाली नभित्रिएसम्म भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्छन्। खेतीपाती नहुनेहरू भने लामो समयको अन्तरालपछि चाडबाड मनाउन घर आउने गरेका छन्।
सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारीका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पन्जाब, अहमदाबादलगायतका ठूला शहरमा जाने गर्छन्। बिनाभिसा र रोजगारी सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेको बताइन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
