यस्तो रहनेछ शनिबारको मौसम

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

जसको प्रभावले देशभरको मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।