मैदानमा दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ। यसले खेलाडी र दर्शकलाई ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ।
काठमाडौँ– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता शनिबार शुरू हुँदै छ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता छ। दुलही झैँ सिंगारिएको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ।
मैदानमा दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ। यसले खेलाडी र दर्शकलाई ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न सहज हुनेछ। मंसिर १२ गते नै टिकट बुक गरिसकेका इमाडोल निवासी रमण थापाले त्रिवि मैदानमा चर्चित विदेशी खेलाडीको खेल हेर्न आफू निकै आतुर रहेको बताए।
एनपीएलमा स्टार खेलाडीको सहभागिताले पनि प्रतियोगिता थप रोमाञ्चक हुने आशा गरिएको छ। विश्वचर्चित भारतीय खेलाडी शिखर धवनको आमगनले पनि नेपाली क्रिकेट खेलमा थप उत्साह थपिएको हो। भारतका लागि तीनवटै फर्म्याटमा खेलिसकेका स्टार खेलाडी धवन, न्युजिल्यान्डका मार्टिल गप्टिलजस्ता स्टार खेलाडी पहिलो पटक नेपालमा लिग खेल्न आएका छन्। त्यसमा जिम्मी निसम र बेन कटिङ जस्ता टी२० का स्टार खेलाडीको सहभागिताले पनि एनपीएल चर्चामा आएको हो।
क्यानले प्रतियोगिताको विजेता टोलीलाई नगद पुरस्कार दिने भनिएता पनि हालसम्म के कति पुरस्कार दिने भन्ने खुलाएको छैन। उद्घाटन खेलमा जनकपुर बोट्ल्सले विराटनगर किंग्सको सामना गर्दै छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे शुरू हुनेछ।
जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन्। त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्त्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन्। उनीहरूसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन्।
न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलंकाली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इंग्ल्यान्ड अलराउन्डर बेन माइक छन्। जनकपुर टोलीको मुख्य प्रशिक्षकमा राष्ट्रिय सिनियर क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन्।
विराटनगर किंग्सको मार्की खेलाडी एवं कप्तान सन्दीप लामिछाने छन्। कप्तान लामिछानेसहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन्। विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्युजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन्।
टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन्। खेलको प्रत्यक्ष प्रसारण विश्वका ठूला प्रतियोगिता र लिग प्रसारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
