डाँफे जेभीले दुई वर्षमा निर्माण गरेर २०७९ असोज अन्तिममा राखेपलाई हस्तान्तरण गरेको रंगशाला मनोहरा खोलाको बाढीको चपेटामा परेको छ ।
काठमाडौँ– दशरथ रंगशालाको विकल्पका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को लगानीमा स्तरोन्नति गरिएको ललितपुरको च्यासल रंगशाला असोज ११ र १२ गरेको अविरल वर्षासँगै आएको बाढीले पूर्ण रूपमा क्षति पुर्यो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले च्यासलमा टेक्निकल सेन्टरका रूपमा स्थापना गरेको सो टेक्निकल सेन्टरलाई पछि रंगशालाको स्वरूप दिएर वैकल्पिक मैदानका रूपमा स्तरोन्नति गरिएको थियो। राखेपले २०७६ असारमा निर्माण कार्यको शुरूआत गरेको सो रंगशालाको उद्घाटन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ फागुन १६ गते मंगलबार गरेका थिए।

डाँफे जेभीले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरे पनि ६ महिनाका दरले ६ पटक म्याद थपेर २०७९ असोज अन्तिममा राखेपलाई हस्तान्तरण गरेको सो रंगशाला मनोहरा खोलाको बाढीको चपेटामा परेको छ ।

भ्याट बाहेक २८ करोडमा निर्माण सम्पन्न गरिएको सो रंगलाशला मनोहरा खोला र बागमतीको संगमबाट करिब १०० मिटरको दूरीमा रहेको च्यासल मैदान मनोहरा खोलाकै किनारमा अवस्थित छ। २०७८ भदौ २२ र २०७९ साउन २५ गतेको बाढी रंगशालामा पसेको थियो। २०८१ असोजको बाढीले भने रंगशाला खेल खेल्ने नहुने गरी क्षति पुर्याएको छ।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
