तामिलनाडुमा आँधीका कारण विद्यालय बन्द, ४७१ जनालाई राहत शिविरमा सारियो

आँधीका कारण बढ्दो छालले तल्लो तटीय क्षेत्रमा बाढीको खतरा निम्त्याउने जोखिम भएकाले माछा मार्ने मानिसलाई पानीबाट टाढा रहन आग्रह गगरिएको छ।

तस्वीर: पीटीआई

भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिएको छ। साथै, सयौँ मानिसलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ।

चक्रवात फेंगलले ७०–८० किलोमिटर प्रतिघण्टा गतिमा तमिलनाडुमा अवतरण गर्ने भारतको मौसम ब्युरोले जनाएको छ। पूर्वानुमानले माछा मार्ने मानिसलाई पानीबाट टाढा रहन आग्रह गर्दै बढ्दो छालले तल्लो तटीय क्षेत्रमा बाढीको खतरा निम्त्याउने जनाएको छ।  

तमिलनाडुका धेरै जिल्लामा विद्यालय तथा कलेज बन्द गरिएका छन्। कम्तीमा ४७१  जनालाई राहत शिविरमा सारिएको छ। यस हप्ताको शुरूमा श्रीलंकाको तटमा फेंगलले ६ जना बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान लिएको थियो।

वैज्ञानिकहरूले जीवाश्म ईन्धन जलनबाट सिर्जित जलवायु परिवर्तनका कारण विश्वको तापमान वृद्धि हुदाँ  आँधीबेहरी अझै शक्तिशाली हुँदै गइरहेको बताएका छन्।