एनपीएलको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विजयी शुरूआत गरेको छ।
शनिबार भएको एनपीएलको उद्घाटन खेलमा लाहिरु मिलान्थाको उत्कृष्ट प्रदर्शनमा जनकपुरले विराटनगर किङ्ग्सलाई ८ विकेटले पराजित गरेको हो।
विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभर खेल्दै मात्र २ विकेटको क्षतिमा १३१ रन बनायो।
जनकपुरका लागि लाहिरु मिलान्थाले अविजित ७५ रन बनाए। उनले ५३ बल खल्दै ९ चौका ३ छक्का प्रहार गरेका हुन्।
त्यस्तै, हर्स थाकरले ३३ बलमा २ चौका प्रहार गर्दै नटआउट २६ रन बनाए। अनिल शाहले ५ रनको योगदान दिए।
बलिङतर्फ विराटनगरका क्रिस सोल र प्रतिस जिसीले समान १/१ विकेट लिए।
यसअघि त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो।
विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरे। उनले ४३ बलमा १ छक्का र ७ चौकाको मद्दतले ५५ रन बनाएका हुन्।
यस्तै, अकिब इलियासले १५, निकोलस किर्टनले ९ र लोकेश बमले ५ रनको योगदान दिए। बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७/७ रन बनाए।
ब्याटिङतर्फ जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। यस्तै, किशोर महतो र हर्ष ठाकरले समान २/२ तथा मोहम्मद मोहसिन र बेन माइकले समान १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
