काठमाडौँको तारकेश्वरमा बसको ढोकाबाट खसेर शनिबार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
काठमाडौँ– बसको ढोकाबाट खसेर शनिबार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेटनजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो।
प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाडौँ तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए।
बसबाट खसेर घाइते भएका बसका सहचालकलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए।

काभ्रेस्थलीबाट रत्नपार्क जान लागिरहेको उक्त बस अर्को गाडीसँग ठोकिँदा ढोकामा झुन्डिएर यात्रा गरिरहेका उनीहरू खसेका थिए। उक्त घटनापछि स्थानीय आक्रोशित बनेका थिए।
स्थितिलाई सामान्य बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रहरीले दुर्घटनापछि फरार रहेका बसचालकको खोजीका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
