काठमाडौँ– नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड २०८१ आर्थिक पत्रकार शरद ओझाले प्राप्त गरेका छन्। सेजनले वर्षभरिको उत्कृष्ट समाचारलाई एक लाख राशिको सेजन अवार्ड प्रदान गर्दै आएको छ।
सेजनको २८औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ओझालाई सेजन अवार्ड प्रदान गरे। ओझा क्लिकमान्डु डटकममा कार्यरत छन्। बजेटमार्फत सरकारले आयकर ऐनको दफा ५७ मा गरेको हेरफेर र त्यसमा रहेको त्रुटिबारे लेखेको समाचारका लागि उनलाई अवार्ड प्रदान गरिएको सेजनले जनाएको छ।
साथै, सेजनले विभिन्न अन्य विधामा समेत आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ। डा. भोला चालिसे लिवरल जर्नाजिलम अवार्ड सेतोपाटी डटकमका भागवत भट्टराईले प्राप्त गरे। प्रिन्ट मिडिया अवार्ड कारोबार दैनिककी कौशिला कुँवरले प्राप्त गरिन् भने डिजिटल अवार्ड १२खरी डटकमका कमल धिताललाई प्रदान गरिएको छ।
कार्यक्रममा स्व. सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता टोलीलाई समेत पुरस्कृत गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
