जाजरकोट जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

जिपमा सवार १२ जनामध्ये ११ जनाको मृत्यु भएको छ भने छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन्।

जाजरकोट– जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको बोलेरो जिप दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ नगरपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही नगरपालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन्। 

त्यसैगरी, जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निसा अधिकारी र सोही नगर वडा नं ६ वीरबहादुर खत्रीको मृत्यु भएको नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए।

जिप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो। जिपमा सवार १२ जनामध्ये छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन्। घाइते जैभानको उपचारका लागि नेपालगञ्ज पठाइएको उपप्रमुख चन्द्रबहादुर थापालले जानकारी दिए।