क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुवै पक्षहरू संयमित भई शान्तिपूर्ण ढंगले वार्ता प्रयास गर्न र यो अवस्थालाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको बताएका छन्।
क्रेमलिनले सोमबार कोसोभोमा प्रहरीलाई निशाना बनाएर आक्रमण गरेपछि उत्पन्न भएको तनाव सामान्यीकरण गर्न लागि "कूटनीतिक" पहल गर्न आह्वान गरेको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, "हामी दुवै पक्षहरू संयमित भई शान्तिपूर्ण ढंगले वार्ता प्रयास गर्न र यो अवस्थालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने पर्दछ भन्ने पक्षमा छौँ। हामी सर्बियाका सबै अधिकार सुनिश्चित गर्नका लागि खडा छौँ।"
ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धको रहेकाले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सेना पठाउने आदेश दिएपछि युरोपमा रूसको पक्षमा रहेका केही बाँकी सहयोगीहरूमध्ये सर्बिया एक हो।
कोसोभो सन् २००८ मा सर्बियाबाट स्वतन्त्रत भएको घोषणा गरेको थियो। यद्यपि, बेलग्रेडले यसलाई मान्यता दिन इन्कार गरेको छ र उत्तरी कोसोभोमा रहेका बहुसंख्यक जनतालाई प्रिस्टिनाको अख्तियारको अवहेलना गर्न प्रोत्साहित गर्दै आएको छ।
अज्ञात आक्रमणकारीहरूले प्रहरी लक्षित आक्रमण गर्न थालेपछि पछिल्लो समय उत्तरी कोसोभोमा तनाव बढेको छ। पूर्वप्रहरी अधिकारीको गिरफ्तारीमा आक्रोशित सयौँ सर्वसाधारणहरूले सडक अवरोधहरू जारी राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
