आइतबार नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ को विन्दुमा सीमित भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ।
नेप्से परिसूचक लगातार दोस्रो कारोबार दिन घटेको हो। आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।
यस दिन नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ को विन्दुमा सीमित भएको छ।
यसअघि बिहीबार नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ को विन्दुमा सीमित भएको थियो।
आइतबार ३१४ कम्पनीको एक रोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर ८२ हजार ६०२ पटक कारोबार भयो। जसबाट आठ अर्ब ८३ करोड २२ लाख २५ हजार ८९२ रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार आठ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
आइतबार विकास बैंक ४.२५, होटल तथा पर्यटन ०.३० र व्यापार समूहको उपसूचक ९.०७ अंकले बढेको छ भने अन्य समूहको उपसूचक घटेको छ।
बिहीबारको कारोबारमा पाँच वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
विशाल बजार, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, ग्रिन विकास बैंक, सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले बढेको हो भने जानकी फाइनान्सको शेयर १० प्रतिशतले घटेको हो।
नेपाल फाइनान्स ९.१५, उपकार लघुवित्त ५.४२, लाइफ इन्स्योरेन्स कर्पोरेट ४.६४ र मानुषी लघुवित्तका लगानीकर्ताले ४.१९ प्रतिशतले गुमाएका छन्।
आइतबार कारोबार रकमका आधारमा एक्सेल विकास बैंकको ३४ करोड ३१ लाख ४९ हजार ७१७ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै ङादी पाँच लाख आठ हजार ३४१ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
