यू१९ एशिया कप क्रिकेटमा नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित भएको छ।
काठमाडौँ– एशियाली क्रिकेट काउन्सिल (एसीसी)अन्तर्गत पुरुष यू१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल बांग्लादेशसँग पराजित भएको छ।
आइतबार भएको समूह ‘बी’को खेलमा नेपाल बांग्लादेशसँग ५ विकेटले पराजित भएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो पराजय हो। नेपाल पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो। दोस्रो पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिने निश्चित जस्तै भएको छ।
नेपालले दिएको १४२ रनको लक्ष्य बांग्लादेशले मात्रै २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। बांग्लादेशको जितमा दुई खेलाडीले अर्घशतकीय इनिङ्स खेले। ओपनर जावद अब्ररले ६५ बलमा ५ चौका र ६ छक्काको मद्दतमा ५९ रन बनाए।
त्यस्तै, अजिजुल हकिमले ७२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५२ रनको योगदान दिए। फरिद हसनले १३ रन जोडे।
बलिङतर्फ नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए। साथै, हेमन्त धामीले १ विकेट लिए।
यसअघि यूएईको दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रन बनायो।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ७७ बलमा ५ चौकाको मद्दतमा ४३ रन बनाएका हुन्।
त्यस्तै, उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
बांग्लादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान २/२ विकेट लिए।
साथै, साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान १/१ विकेट लिए।
मंगलबार नेपालले अफगानिस्तानसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
