त्रिभुवन विमानस्थलबाट कोकिनसहित केन्याली नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित केन्याली महिला पक्राउ परेकी छिन्।

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित एक केन्याली महिला पक्राउ परेकी छिन्।

विमानस्थलमा आइतबार चेकजाँचका क्रममा ६ किलो ८४० ग्राम कोकिनसहित केन्याली महिला छिलियन केरुबो ओगिटो पक्राउ परेकी हुन्। 

सशस्त्र प्रहरी बल नेपाल विमानस्थल भन्सार सुरक्षा बेस र विमानस्थल भन्सार कार्यालयको संयुक्त जाँचका क्रममा उनको हाते झोलाभित्रको खेलौनामा लुकाएर ल्याएको अवस्थामा अवैध लागुऔषध कोकिन भेटिएको हो।

कतार एयरवेजको उडानबाट आएकी उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई बुझाइको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।