कालीकोटको तिलागुफा नगरपालिका– ४ को वडा अध्यक्षमा नेमकिपाका खड्गराज शाही विजयी भएका छन्।
काठमाडौँ– कालीकोटको तिलागुफा नगरपालिका– ४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्गराज शाही विजयी भएका छन्। उनी १४३ मतसहित वडा अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत प्राप्त गरिन्। नेकपा एमालेका उम्मेदवार ऐनबहादुर शाहीले ७८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९ मत पाए।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको भने जमानत जफत भएको छ। राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका उम्मेदवारले ५ मत पाएको आयोगले जनाएको छ।
तिलागुफाका– ४ का तत्कालीन वडाध्यक्ष परबहादुर शाही मलामी जाँदा पहिरोमा परी बेपत्ता भएपछि आइतबार उपनिर्वाचन भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
