दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्षमा कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन्।
दार्चुला– दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी भएका छन्। वडाध्यक्षमा कांग्रेसका कुँवर ३७६ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मानसिंह बडालले ३६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए।
उक्त उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ तथा स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरे। १५ मत बदर भएको थियो।
उपनिर्वाचनमा कुल एक हजार २७२ मतदातामध्ये ८७७ (६९.९४ प्रतिशत) मत खसेको थियो। दुहुँ–५ गरमोराको (क) केन्द्रमा २१४ महिला र २२३ पुरुषले मतदान गरेका थिए भने (ख) केन्द्रमा २६२ महिला र १७८ पुरुष मतदानमा सहभागी भएका निर्वाचन कार्यालयले जनाएको छ।
विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असार ११ गते निधन भएपछि उपनिर्वाचन भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
