रौतहटको गढीमाई नगरपालिका– ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बजरङ्गीप्रसाद यादव तथा ईशनाथ नगरपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका हुन्।
रौतहट– रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन्।
हिजो सम्पन्न उपनिर्वाचनमा उनले ६५५ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का जिउतीदेवी यादवले ६३१ मत ल्याएकी थिइन् भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले ६१७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले २५८ मत ल्याएका जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए। यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित भएका थिए।
यसैबीच ईशनाथ नगरपालिका वडा –७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले ६२७ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार शेख अनवरले ५७५ मत प्राप्त गरेका निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
