काठमाडौँ–१६मा रास्वपा, हेटौँडा–१२ ,कीर्तिपुर–१ र राजपुर–६ मा कांग्रेस तथा सिरीजंघा–३ र रामगोपालपुर–२ मा एमाले विजयी
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ।
काठमाडौँ– आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ।
काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठले दुई हजार ९०२ मतसहित विजयी भएकी छन्। निकटतम प्रतिस्पधी नेकपा ९एमाले०का उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार २२० मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो।
यस्तै, कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले ५६२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले ४९८ गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।
ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ सिकैचाको वडाध्यक्ष पदमा नेकपा (एमाले)का कुमारी साउदेनले ३५३ मत प्राप्त गरेर विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अम्बी साउदेनले २५१ मत प्राप्त गरेकी थिइन्। यसअघि २०७९ सालको निर्वाचनमा यस वडामा नेपाली कांग्रेसको उम्मेदवारले विजय हासिल गरेका थिए।
हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का रविनकुमार प्रधानले एक हजार ५६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिए। यसअघिको स्थानीय निर्वाचनमा सो वडामा माओवादीका उम्मेदवार निर्वाचित भएका थिए।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षपदमा नेकपा (एमाले)का सकिबुल खाँले ६३१ मत प्राप्त गरेर निर्वाचित भएका छन्। उनको निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की आइतीकुमारी यादवले ५३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए।
रौतहटको राजपुर नगरपालिका ६ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार समसे आलमले ७४४ मत प्राप्त गरेर निर्वाचित भएका छन्। उनको प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जिकरुल्लाहले ४६३ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
