चितवनबाट खेलेका पाकिस्तानी बलर सोहेल तान्विरसामु काठमाडाैँका ब्याटर चल्न सकेनन्। उनले पाँच विकेट लिए।
काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा जारी दोस्रो खेलमा काठमाडाैँ गोर्खाजले चितवन राइनोजसमक्ष ११२ रनको लक्ष्य पेश गरेको छ। पाकिस्तानी बलर सोहेल तान्विरसामु काठमाडाैँका ब्याटर चल्न सकेनन्। उनले पाँच विकेट लिए।
कप्तान कुशल मल्ल, अमर राउटेला, ल्युक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले समान एक/एक विकेट झारे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १११ रनको सामान्य योगफल खडा गर्यो।
काठमाडाैका लागि सबैभन्दा धेरै सुमित महर्जनले २९ रन बनाए। माइकल लेभिटले २५ रन बनाए। डान डौथवेट १९, शंकर रानाले १६ तथा रासिद खानले ४ रन जोडे। भीम सार्की, करण केसी र साहब आलम १ रनमा पेभेलियन फर्के।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
