किवी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा चाहेजस्तो आम्दानी गर्न नसकिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउँछन्।
खोटाङ– केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किवी पाकिसकेका छन्। १२ वर्ष अघिदेखि किवीको व्यावसायिक खेती शुरू गरेका राई जिल्लाकै पहिलो किवी किसान हुन्।
शुरूका वर्षमा प्रतिकेजी ४०० रुपैयाँसम्मले बिक्री गरेका उनले यस वर्ष बोटमै किवी पाकिसक्दा पनि टिपेका छैनन्। उनको फार्ममा करिब चार हजार किलो किवी उत्पादन भएको अनुमान गरिएको छ।
किवीका बेर्नासमेत उत्पादन गर्दै आएका राईले गत वर्ष मात्र १४ लाख रुपैयाँ बढीको बेर्ना बिक्री गरेका थिए। करिब २५ रोपनी जमिनमा किवी खेती गरेका राईले यस वर्ष बिक्री हुने सम्भावना नभएपछि ‘वाइन’, ‘हुस्की’, ‘जुस’ लगायतका पेयपदार्थ बनाउने तयारी गरेका छन्।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनीमा किवीखेती गरेका छन्। ११ वर्ष अघिदेखि किवीखेती गरिरहेका शेर्पाको फार्ममा यस वर्ष ११ हजार केजीभन्दा बढी किवी फलेको छ।
शेर्पाले उत्पादन गरेको किवी दिक्तेलबजार, हलेसी, धरान, विराटनगर, काठमाडौँलगायतका ठाउँमा बिक्रीका लागि पुर्याउने गरिएको छ। जिल्लाका स्थानीय हाटबजार तथा पसलहरूमा प्रतिकेजी एक सय रुपैयाँदेखि १५० रुपैयाँसम्ममा किवी बिक्री भइरहेको छ।
विगतमा फार्मबाटै बिक्री भएको किवी यस वर्ष आफैँले ढुवानी खर्च बेहोरेर बिक्रीका लागि बजार पठाउने गरेको शेर्पाले बताए।
“मेरो फार्ममा ३७५ वटा वयस्क बोट छन्। एउटै बोटमा १५० केजीसम्म फलेको छ। दुई वटा बोटको मात्रै टिपेर बिक्री गरिरहेको छु”, उनले भने, “यो वर्ष सबै बोटको किवी बिक्री हुने सम्भावना कम छ। गत वर्षमा बिक्री गरिएको ठाउँ (धरान, विराटनगर, काठमाडौँलगायत)मा सम्पर्क गरिरहेको छु। त्यहाँ पनि बजार छैन भन्दै आएका छन्। यदि, दाना बिक्री नभएको खण्डमा वाइन, जुस र माडा बनाएर बिक्री गर्ने सोचमा छु।”
किवी बिक्री नहुने सम्भावना बढेपछि शेर्पा चिन्तित छन्।
किवी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा किसानले चाहेजस्तो आम्दानी गर्न नसकेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउँछन्।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मात्रै गत वर्ष १५ मेट्रिकटन उत्पादन भएकामा यो वर्ष बढेर ४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए। गत वर्ष १५ मेट्रिकटन मात्र उत्पादन भए पनि यो वर्ष भने बोट वयस्क हुँदै गएपछि उत्पादनमा वृद्धि भएको हो।
नगरपालिकाको सात हेक्टर खेतीयोग्य जमिनमा व्यावसायिक किवी खेती रहेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिए।
“किवी उत्पादन बर्सेनि बढ्दै जाने फल हो। जति वयस्क हुन्छ उति नै उत्पादन पनि बढ्दै जान्छ। त्यही भएर यो वर्ष उत्पादनमा वृद्धि भएको हो”, उनले भने, “गत वर्ष दश मेट्रिकटन किवी किसानले बिक्री गरेका थिए। प्रतिकेजी १६० रुपैयाँका दरले हिसाब गर्दा १६ लाख रुपैयाँ हुन आउँछ। यो वर्ष पनि १५० रुपैयाँकै दरले अनुमान गर्दा ४० मेट्रिकटनको ६० लाख रुपैयाँ बराबरको हुन्छ।”
नगरपालिकामा थप ३५ हेक्टरमा १५ हजार किवीको बिरुवा रोपिएको जनाइएको छ। यसमध्ये नगरपालिकाले सात हजार र जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन परियोजनाले आठ हजार बिरुवा किसानलाई निःशुल्क वितरण गरेको छ। फलफूल खेतीबाटै नगरवासीको समृद्धि हासिल गर्ने लक्ष्य लिइएकाले उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड दिइएको नगर उपप्रमुख बिसन राईले बताए।
किवी लगायतका फलफूल प्रशोधन गर्न नगरपालिका–६ नेर्पाको तालखर्कमा एक करोड रुपैयाँभन्दा बढीको प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उनले जानकारी दिए। जिल्लाका अधिकांश लेकाली भेगमा बसोबास गर्ने किसानले पछिल्लो समय व्यावसायिक किवीखेती शुरू गरेका छन्।
एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किवीको व्यावसायिक खेती शुरू गरेका किसान आफूले उत्पादन गरेका किवी बिक्री हुने छाडेपछि चिन्तित बनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
