सोमबार परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ को विन्दुमा उक्लिएको छ भने साढे १० अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।
काठमाडौँ– लगातार दुई दिनसम्म घटेको शेयर बजारमा सोमबार सुधार देखिएको छ। सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो।
नेप्सेका अनुसार यस दिन परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ को विन्दुमा उक्लिएको छ। १३ मध्ये नौ वटाको उपसूचक बढेको छ भने चार वटाको घटेको छ। बैंकिङ, विकास बैंक, वित्त र अन्य समूहको उपसूचक घटेको हो। व्यापार समूहको उपसूचक सर्वाधिक ९.७० प्रतिशतले बढेको छ।
सोमबार ३१४ कम्पनीको दुई करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर एक लाख तीन हजार ४८१ पटक खरिदबिक्री हुँदा १० अर्ब ५४ करोड १७ हजार ४६ लाख ५६४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। आइतबार आठ अर्ब ८३ करोड २२ लाख २५ हजार ८९२ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा तारागाउँ रेजेन्सी, विशाल बजार र खानी खोला हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
