कप्तान अनिलकुमार साहको अर्द्धशतकमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ।
काठमाडौँ– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कप्तान अनिलकुमार साहको अर्द्धशतकीय इनिङ्सको मद्दतमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ। जनकपुर आफ्नो दोस्रो खेलमा लगातार विजयी भएको हो।
यसअघि शनिबार सम्पन्न पहिलो खेलमा जनकपुरले विराटनगर किङ्ग्ससित आठ विकेटले नै विजयी भएको थियो। जितसँगै जनकपुर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै १४१ रन बनायो। १४२ रनको विजयी लक्ष्य जनकपुरले १५.१ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्यो। जनकपुरका लागि कप्तान अनिलकुमार साहले अविजित ६२ रन बनाए। उनले ४२ बल खेल्ने क्रममा ३ छक्का र ६ चौका प्रहार गरे।
यस्तै, आशिफ शेखले २९ बलमा २ छक्का र २ चौकाको मद्दतमा ३६ रनको योगदान दिए। श्रीलंकाली खेलाडी लाहिरु मिलन्थाले १३ बल खेल्दै २ छक्का र २ चौकासहित २४ रन बनाए। जिमी निशिमले आठ बलमा अविजित १६ रन बनाए। यसमा उनको १ छक्का र २ चौका सामेल थियो।
बलिङतर्फ कर्णालीका लागि जिशम मक्सुद र मौसम ढकालले १/१ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेर १४१ रनको योगफल तयार गर्ने क्रममा कर्णालीका लागि गुल्सनकुमार झाले २७ बल खेल्दै ३ छक्का र १ चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे।
त्यस्तै, अर्जुन घर्तीले २२ बलमा दुई चौका र दुई छक्का हान्दै ३३ रन बनाए। यस्तै, कप्तान सोमपाल कामीले अविजित २९ रनको योगदान दिए। उनले १३ बल खेल्ने क्रममा १ छक्का र ३ चौका प्रहार गरे। भारतीय खेलाडी शिखर धवनले १४ बल खेल्दै ३ चौकाको मद्दतमा १४ रन बनाए। यस्तै, हङकङका बाबर हायातले १२ रन बनाए।
बलिङतर्फ जनकपुरका लागि पाकिस्तानी खेलाडी मोहम्मद मोहसिन खानले २, जिमी निशम, हर्ष ठाकेर, ललितनारायण राजवंशी र किहोर महतोले समान १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
