गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा फुटबल प्रतियोगिताका क्रममा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको छ।
गिनीको दोस्रो ठूलो शहर एन’जेरेकोरमा फुटबल प्रतियोगिताका क्रममा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार जानकारी दिएको छ।
“रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकबीच विवाद पछि भएको झडपपछि आइतबारको खेलमा घातक भागदौड मच्चिएको थियो,” राष्ट्रिय टेलिभिजनले सरकारद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी लेखेको छ, “एन'जेरेकोरका अस्पतालले दिएको जानकारीअनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ५६ पुगेको छ,”
प्रधानमन्त्री अमादोउ ओरी बाहले फेसबुकमा एक पोस्ट लेख्दै लाबे र एनजेरेकोरको टोलीबीचको खेलमा खलल पुर्याउने घटनाको निन्दा गरेका छन्। “सरकारले घटनाको अनुसन्धान गरिरहेको छ। घाइतेको उपचार र अन्य सहयोगमा बाधा नपुगोस् भन्नेमा पूर्णरूपमा सजग छ,” उनले लेखेका छन्, “सरकार सबै नागरिकलाई शान्तिका लागि संयम अपनाउन आह्वान गर्दछ।”
सन् २०२१ मा भएको सत्ता विद्रोह (कू)बाट सत्ता कब्जा गरेर आफूलाई राष्ट्रपतिमा स्थापित गरेका गिनीका जुन्टा नेता मामाडी डौम्बोयाको सम्मानमा आयोजना गरिएको प्रतियोगिताअन्तर्गत दक्षिणपूर्वी शहरमा उक्त खेल भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
