बाढीले क्षति पुर्याएको तीन महिना बित्दासमेत सरकारले उपलब्ध गराउने भनेको ५० हजार रुपैयाँ राहतमध्ये पहिलो किस्ता २५ हजार रुपैयाँसमेत पीडितले प्राप्त गरेका छैनन्।
ललितपुर– असोज १२ गतेको बाढीले दक्षिण ललितपुरको तीन स्थानीय तहमा ठूलो क्षति पुर्यायो। १०० बढी घर विस्थापित भए। बाढीले क्षति पुर्याएको तीन महिना बित्दासमेत सरकारले उपलब्ध गराउने भनेको ५० हजार रुपैयाँ राहत रकममध्येको पहिलो किस्ता २५ हजार रुपैयाँसमेत पीडितले प्राप्त गरेका छैनन्।
ललितपुर महानगरपालिकाको नख्खु करिडोर, महांकाल गाउँपालिकाको थोत्ने खोला, कोञ्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकामा बाढीले ठूलो क्षति पुर्याएको थियो। थोत्ने खोलाको बाढीले ४८ घर पूर्ण रूपमा विस्थापित छन्। दिनानुदिन चिसो बढ्दै गएकाले बासको व्यवस्था गर्न नसकेको पीडितको गुनासो छ।
तीन वटै पालिकाको सिफारिसमा क्षति विवरण आएपछि राहत रकम स्वरूप पहिलो किस्ताबापतको २५ हजार रुपैयाँ प्रदान गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी गराए।
“पालिकाको सिफारिसमा आएको क्षति विवरणसहितको फाराम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनलाइनमा अपडेट गरेपछि प्रक्रिया अगाडि बढ्नेछ,” उनले भने। हालसम्म कञ्ज्योसम गाउँपालिकाबाहेक अरू पालिकाको विवरण प्राप्त नभएको उनको भनाइ छ।
महांकाल गाउँपालिका मनिखोला–२ थोत्ने खोलाको बाढीले विस्थापित ६७ घरसहित पालिकाभरिको ९७ बाढीपीडितको विवरण संकलन भएको महांकाल गाउँपालिका– २ का अध्यक्ष जोनीकुमार न्यासुरको भनाइ छ।
अध्यक्ष न्यासुरले भने, “हाम्रो पालिकाको क्षति विवरण आइसकेको छ, सायद अन्य पालिकाबाट विवरण नआएर हुनसक्छ पीडितले राहत रकमको पहिलो किस्तासमेत पाएका छैनन्।”
थोत्ने खोलाको बाढीले घरवास बगाएपछि ललितपुर सातदोबाटोमा बस्दै आएका बुद्धिमान स्याङ्तान हाल महांकाल गाउँपालिका—२ मनिखोलमा टहरा बनाएर बसिरहेका छन्।
स्याङ्तानले भने, “बाढीले क्षति पुर्याएको ठाउँ सुनसान छ। आफ्नो जग्गा जमिन कहाँनेर थियो भन्ने ठम्याउनै गाह्रो छ। सरकारले दिने भनेको ५० हजार बराबरको पहिलो किस्ता नै अझै पाइएको छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
