कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा कांग्रेसका कृष्णमान डंगोल पाँच हजार ३३४ मतसहित निर्वाचित भएका छन्।
काठमाडौँ– कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनबाट उनी माओवादी केन्द्रका उम्मेदवारसँग ७७९ मतान्तरसहित कीर्तिपुरको प्रमुख पदमा निर्वाचित भएका हुन्।
कीर्तिपुरमा २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसकै राजकुमार नकर्मी निर्वाचित भएका थिए। नकर्मीको मिर्गौलासम्बन्धी रोगका कारण गत साउन १० गते निधन भएपछि उपनिर्वाचन भएको हो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार डंगोलले पाँच हजार ३३४ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले चार हजार ५५५ मत ल्याए।
त्यसैगरी, नेकपा एमालेका सुरेन्द्र मानन्धरले चार हजार ३३७ मत ल्याए। स्वतन्त्र उम्मेदवार राजमान महर्जनले दुई हजार ३६, कविकुमार महर्जनले एक हजार ३१४, दिनेश महर्जनले ९९५, नवरथ कुमार बानियाले ४३८, नेककिपाका श्रीकृष्ण महर्जनले २९६ मत ल्याए।
त्यस्तै, आइतबार नै भएको उपनिर्वाचनबाट कीर्तिपुर–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए। वडा नं ४ मा पनि कांग्रेसकै राजेन्द्र बानियाँ ७४२ मतसहित विजयी भए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
