कोरियामा रोजगारको अनुभव लिई फर्किएर नेपालमा व्यवसाय गरिरहेकाहरूले उद्यमशीलताको दिगोपनका लागि सहुलियत कर्जा, कर छुट, अनुदानलाई प्रभावकारी बनाउँदै उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिनुपर्ने बताएका छन्।
काठमाडौँ– कोरियामा रोजगारको अनुभव लिई फर्किएपश्चात् नेपालमा व्यवसाय गरिरहेकाहरूले उद्यमशीलताको दिगोपनका लागि वित्तीय पहुँच स्थापित गर्ने, सहुलियत कर्जा, कर छुटलगायत अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउने, उत्पादित वस्तुको बजारीकरण, प्रविधि प्रयोगसम्बन्धी तालिम, दक्ष जनशक्ति लगायतका विषयमा विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन्।
नेपालमा रहेको गणतन्त्र कोरियाली दूतावासले सोमबार कोरियामा रोजगारको अनुभव लिई नेपाल फर्किएपश्चात् व्यवसायमा सफलता प्राप्त गरेका व्यक्तिहरूको सहभागितामा आयोजना गरेको ‘सफल उद्यमी सम्मेलन’ उनीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
दूतावासका अनुसार तीन जना सफल व्यवसायीले कोरियामा रोजगारका क्रममा आर्जन गरेका अनुभवका आधारमा नेपालमा व्यवसाय सञ्चालन गर्दाको अनुभव साझा गरेका थिए। उनीहरूले विदेशको अनुभवका आधारमा स्वदेशमा व्यवसाय शुरूआत गरेर धेरै व्यक्तिलाई रोजगार उपलब्ध गराउन सक्ने बताए।
देशको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकास अति आवश्यक रहेको भन्दै उनीहरूले त्यसका लागि सरकारले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा श्रम तथा समाज कल्याणमन्त्री शरतसिंह भण्डारीले उद्यमशीलताको विकास नभएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन्। कोरियालगायत विदेशमा रोजगारका अनुभव भएका व्यक्तिले नेपालमा फर्किएपश्चात् उद्यमशीलताको विकास तथा विस्तार गर्नका लागि सरकारले विशेष ध्यान दिएको बताए।
कार्यक्रममा नेपालस्थित कोरियाली राजदूत पार्क थेयङले कोरियामा रोजगारको अनुभव भएका व्यक्तिलाई देशमै उद्यमशील बनाई नेपाल विकासलाई सहयोग गर्न कोरिया सरकार योजनाबद्ध रूपमा लागेको जानकारी दिए। कोरियामा रोजगारको अनुभव भएका व्यक्तिले स्वदेश फर्किएपश्चात् सञ्चालन गरेका उद्यम व्यवसायको प्रवर्द्धन, बजार विस्तार, ब्रान्डिङ, मार्केटिङमा सहयोग गर्नुका साथै उदशीलतालाई अर्थतन्त्रमा जोड्न कोरियाको अनुभव साट्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा कोईका नेपालका प्रमुखले के-हामी परियोजनामार्फत रोजगारमा जानुअगाडि र रोजगारमा रहँदा तथा स्वदेश फर्किएपश्चात् उद्यमशील बनाउनका लागि परियोजना सञ्चालनमा रहेको जानकारी उनले गराए। उनले कोरिया सरकारले २५ लाख अमेरिकी डलर उपलब्ध गराउने र नेपालका तर्फबाट पनि २५ लाख अमेरिकी डलर उपलब्ध गराई उक्त ५० लाख डलरको फन्डमार्फत ३०० जना उद्योग गर्न चाहने रिटर्नीको व्यवसायमा सहुलियत ऋण उपलब्ध गराउने बताए।
कार्यक्रममा कोरियामा रोजगारको अनुभव भएका देशभरका १०० जना हाराहारी उद्यमीको सहभागिता रहेको दूतावासले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
