अमेरिकाले चिनियाँ चिप फर्म पायोटेक र सिक्यारियर टेक्नोलोजीसहित १४० कम्पनीलाई निर्यातमा प्रतिबन्ध लगाएको छ। यसबाट चिप उत्पादन गर्ने उपकरण बनाउने नौरा टेक्नोलोजी समूह पनि प्रभावित हुने छ।
संयुक्त राज्य अमेरिकाले सोमबार चिनियाँ चिप क्षेत्रलाई लक्षित गरी नयाँ निर्यात प्रतिबन्ध घोषणा गरेको छ।
विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा गहिरिँदै गइरहेका बेला अमेरिकाले चीनको उन्नत सेमिकन्डक्टर बनाउने क्षमतालाई लक्षित गरे नयाँ प्रतिबन्धको घोषणा गरेको हो। सेमिकन्डक्टर हतियार प्रणाली र कृत्रिम बुद्धिमत्ता (एआई) मा प्रयोग हुन्छ।
“संयुक्त राज्य अमेरिकाले हाम्रो राष्ट्रिय सुरक्षालाई चुनौती दिने तरिकाले हाम्रो प्रविधि शत्रुद्वारा प्रयोग हुनबाट बचाउन महत्त्वपूर्ण कदम चालेको छ”, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्तिमा भनेका छन्, “वासिङ्टनले सहयोगी र साझेदारसँग सक्रिय र आक्रामक रूपमा हाम्रो विश्व–अग्रणी प्रविधि र ज्ञानको रक्षा गर्न काम गरिरहनेछ।”
यी कदमले चीनमा उच्चस्तरीय एआई चिप्स निर्यातमा रहेका विद्यमान अमेरिकी प्रतिबन्धलाई अझ कडा बनाउँछन्। राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने केही हप्ताअघि यो घोषणा आएको हो। ट्रम्पले चीनमाथि वासिङ्टनको आक्रामक धारणा अपनाउने अपेक्षा गरिएको छ।
पछिल्लो नियममा चिनियाँ चिप फर्म पायोटेक र सिक्यारियर टेक्नोलोजीसहित १४० कम्पनीलाई निर्यातमा प्रतिबन्ध लगाइएको छ। वाणिज्य मन्त्रालयका अनुसार चिप उत्पादन गर्ने उपकरण बनाउने नौरा टेक्नोलोजी समूहलाई पनि यसले प्रभावित पार्ने छ।
नयाँ नियममा दुई दर्जन प्रकारका चिप बनाउने उपकरण र सेमिकन्डक्टरको विकास या उत्पादनका लागि तीन प्रकारका सफ्टवेयर उपकरणमा नियन्त्रण गर्ने विषय पनि समेटिएको छ। “हामी हाम्रा सहयोगी र साझेदारसँग निरन्तर कुरा गर्दै छौँ, साथै हाम्रा नियन्त्रणको पुनर्मूल्यांकन र अद्यावधिक पनि गर्दै छौँ”, उद्योग र सुरक्षा मन्त्रालयका उप–सचिव एलान एस्टेभेजले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
