देशका अधिकांश स्थानको मौसम सफा रहने

दिउँसो कोशीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी, राति कोशी, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।