२०७८ सालको जनगणना अनुसार कूल परिवारमध्ये ३.१ प्रतिशत परिवारका मुली अपांगता भएका व्यक्ति छन्। अपांगता भएका व्यक्तिको साक्षरता दर ५०.१ प्रतिशत छ।
काठमाडौँ– अपांगता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो।
नेपालमा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी दिवस मनाउँदै छन्। दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न/गराउन सरकारले आह्वान गरेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कूल जनसंख्याको १६ प्रतिशत अपांगता भएका व्यक्ति छन्। अपांगता भएका व्यक्तिको तथ्यांकीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगन्य पहुँच, शिक्षा तथा रोजगारबाट अपांगता भएका व्यक्ति वञ्चित छन्।
उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको २.२ प्रतिशत अर्थात् ४७ हजार ७४४ जना अपांगता भएका व्यक्ति छन्। २०७८ सालको जनगणना अनुसार कूल परिवारमध्ये ३.१ प्रतिशत परिवारका मुली अपांगता भएका व्यक्ति छन्। अपांगता भएका व्यक्तिको साक्षरता दर भने ५०.१ प्रतिशत छ।
अपांगता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपांगताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको हो।
राष्ट्रिय अपांग महासंघ नेपालले नेपालका विपद्सम्बन्धी कानून र नीतिमा समावेश ‘अपांगता समावेशी’ व्यवस्थालाई व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
