सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा ७ विकेट गुमाउँदै १८२ रन बनाएको हो। 

काठमाडौँ– नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ। 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा ७ विकेट गुमाउँदै १८२ रन बनाएको हो। 

दीपेन्द्रले नटआउट रहँदै २४ बलमा सर्वाधिक ५७ रन जोडे। ब्रेन्डन मक्मेलनले २६ बलमा ३६ रन तथा विनोद भण्डारीले २० बलमा २३ रनको योगदान दिए। 

विराटनगरका अनिल खरेलले ३ तथा इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान १–१ विकेट लिए।