एनपीएलको मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जरलाई १६२ रनको लक्ष्य दिएको छ।
काठमाडौँ– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जरलाई १६२ रनको लक्ष्य दिएको छ।
टियू क्रिकेट मैदानमा जारी खेलमा चितवन राइनोजले २० ओभरको खेलमा ७ विकेट गुमाएर १६१ रन बनाएको हो। चितवन टस हारेर पहिलो ब्याटिङमा गएका थिए।
चितवनका रवि भोपराले अर्द्धशतकीय इनिङ्स खेले। उनले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन्। कुशल मल्लले २३ बलमा १ छक्का र ४ चौका प्रहार गर्दै ३८ रन बनाए।
बलिङतर्फ विपिन, बास, रयमोनले समान २/२ विकेट लिए भने सागरको नाममा १ विकेट रह्यो।
चितवनले सोमबारको खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो। पोखराको भने यो पहिलो खेल हो। पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी एवं कप्तान कुशल मल्ल हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
