मंगलबार नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ को विन्दुमा उक्लिएको छ भने साढे आठ अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ। यस दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। नेप्सेका अनुसार मंगलबार परिसूचक १७.८० अंकले बढेर २७७५.८५ को विन्दुमा उक्लिएको हो।
यस दिन विभिन्न ३०७ कम्पनीका एक करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता शेयर ८८ हजार ७७५ पटक खरिदबिक्री हुँदा आठ अर्ब ५२ करोड १२ लाख १९ हजार २९९ रुपैयाँ कारोबार भएको नेप्सेले जनाएको छ। सोमबार भने साढे १० अर्ब बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा उपसमूहतर्फ व्यापार समूहको उपसूचक सर्वाधिक ५.९६ प्रतिशतले बढेको छ। साथै वित्त, जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डमा पनि हरियाली देखिएको छ। बाँकी समूहको उपसूचक भने घटेको छ।
दुई वटा कम्पनी दिव्यश्वरी जलविद्युत् र इन्ग्वा जलविद्युत्को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। खानीखोला जलविद्युत्, जोशी जलविद्युत् विकास कम्पनी र सुपर मादी जलविद्युत् कम्पनीको शेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ।
त्यसैगरी अपर स्याङ्गे जलविद्युत्को ९.५१ प्रतिशत, जानकी फाइनान्सको ६.१८ प्रतिशत, गुराँस लघुवित्तको ३.४६ प्रतिशत, युनिक नेपाल लघुवित्तको ३.४६ प्रतिशत र समाज लघुवित्तको शेयर मूल्य ३.४४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
मंगलबार कारोबार रकमका आधारमा ङ्गादी ग्रुप पावरको २६ करोड ७४ लाख ३७ हजार ७६४ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा पनि सबैभन्दा धेरै ङ्गादीको आठ लाख ४८ हजार ७६ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
