यू१९ एशिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको छ।
काठमाडौँ– यूएईमा जारी यू१९ एशिया कप क्रिकेटमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। मंगलबार नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो। नेपालको यो पहिलो जित हो।
मंगलबार अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनायो। खरब शुरूआत गरेको नेपाल अन्तिम समयमा सम्हालिँदै अफगानिस्तानमाथि जित हात पारेको हो।
नेपालका लागि उत्तम मगरले सर्वाधिक २६ रन बनाए। उनले ५४ बल खेल्दै २ चौका प्रहार गरे। हेमन्त धामीले २२ रन बनाउँदा ३३ बलमा २ चौका प्रहार गरे।
अर्जुन कुमालले ६२ बलमा २ चौका प्रहार गर्दै २१ रन बनाए। अभिसेख तिवारीले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रनको योगदान दिए।
बलिङतर्फ अफगानिस्तानका एएम गजान्फर र खातिर स्टानिकले समान ३/३ विकेट लिए भने अब्दुल अजिज र महबूब खानको नाममा १/१ विकेट रह्यो।
यसअघि दुबईको सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनको योगफल बनायो।
अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे। उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, खातिर खानले २६ बलमा १५ जोडे। अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे।
नेपालका लागि युनिश विक्रम सिंह ठकुरी र सन्तोष यादवले ३/३ तथा हेमन्त धामी, अभिषेक तिवारीले २/२ विकेट लिए।
यसअघि दुई खेलमा पराजित भएसँगै दुवै टोली प्रतियोगिता बाहिरिइसकेका छन्। नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बांग्लादेशसँग पाँच विकेटले पराजित भएको थियो। अफगानिस्तान पहिलो खेलमा बांग्लादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १३१ रनले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
