कम्बोडियाको अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई ‘सरोगेट’ आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ।
कम्बोडियाको एक अदालतले १३ जना गर्भवती फिलिपिनो महिलालाई ‘सरोगेट’ आमाका रूपमा काम गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ।
यी १३ महिला सेप्टेम्बरमा कन्दाल प्रान्तका प्रहरीले पक्राउ गरेका २४ विदेशी महिलामध्ये थिए। उनीहरूलाई सीमापार मानव बेचबिखनको प्रयास गरेको अभियोग लगाइएको कन्दाल अदालतको एक विज्ञप्तिमा उल्लेख छ।
अदालतको फैसलाअनुसार उनीहरूलाई ‘चार वर्षको जेल’ सजाय दिइएको छ। यद्यपि सजायको दुई वर्ष निलम्बित हुनेछ।
अदालतले १३ जनाको ‘पैसाको सट्टामा तेस्रो व्यक्तिलाई बेच्न बच्चा जन्माउने अभिप्राय छ, जुन मानव बेचबिखनको कार्य हो’ भन्ने बलियो प्रमाण रहेको बताएको छ। अदालतका विवरणमा बच्चाहरूको भविष्यबारे खुलाइएको छैन।
फिलिपिनो महिलाका लागि खाना पकाउने कम्बोडियाकी एक महिलालाई पनि सहयोगीको आरोपमा दुई महिना र एक दिनको जेल सजाय तोकिएको अदालतले जनाएको छ।
गर्भवती नभएका अन्य सात फिलिपिनो र चार भियतनामी महिलालाई कम्बोडियाबाट निर्वासित गरिएको कम्बोडियाको राष्ट्रिय तस्करीविरोधी समितिका उपाध्यक्ष चाउ बुन एन्गले मंगलबार बताए।
सन् २०१६ मा कम्बोडियाले व्यावसायिक सरोगेसीमाथि प्रतिबन्ध लगाएको थियो। चीनले एक–बच्चा नीति खुकुलो पारेपछि व्यावसायिक सरोगेसीको माग अझै उच्च छ र कम्बोडियाका एजेन्सीले यो सेवा जारी राखेका छन्।
धेरैजसो चिनियाँ दम्पती एक कम्बोडियाली महिलालाई बच्चा बोक्न ४० हजारदेखि एक लाख डलरसम्म तिर्न तयार रहेको राज्यका स्रोतहरूले यसअघि बताएका छन्।
सन् २०१८ मा एक अस्ट्रेलियाली नर्सलाई कम्बोडियामा १८ महिनाको जेल सजाय दिइएको थियो।
हालैका वर्षमा धेरै कम्बोडियाली महिलालाई चिनियाँ ग्राहकका लागि कोखमा बच्चा बोक्न पकाइएको थियो तर उनीहरूलाई बच्चा राख्ने सहमतिमा जमानतमा छोडिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
