फिफा विश्वकप : पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै

कतारमा जारी विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा मंगलबार अर्जेन्टिना र क्रोएसिया भिड्दै छन्। यी टाेली हालसम्म पाँचपटक आमुन्नेसामुन्ने भएकामा दुवैले दुई–दुई खेल जितेका छन्। एक खेल बराबरी भएकाे छ।

काठमाडौँ– कतारमा जारी विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा मंगलबार अर्जेन्टिना र क्रोएसिया भिड्दै छन्।

खेल राति १२ः४५ बजे लुसेल स्टेडियममा शुरू हुनेछ। अर्जेन्टिना नेदरल्यान्डलाई ४–२ ले हराउँदै सेमिफाइनलमा पुगेको हो। उता क्रोएसियाले भने पाँच पटकको विजेता ब्राजिललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकाे थियो। दुवै टिमले पेनाल्टीमा जित निकालेका थिए। 

क्रोएसिया र अर्जेन्टिना हालसम्म पाँचपटक आमुन्नेसामुन्ने भएका छन्। जसमा दुवै देशले दुई–दुई खेल जितेका छन्। एक खेल बराबरी भएको छ।

पछिल्लो पटक २०१८ को विश्वकपको समूह चरणमा यी टोलीबीच भेट भएको थियो। सो खेल क्रोएसियाले ३–० गोलले जितेको थियो।