दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार आपत्कालीन मार्सल ल घोषणा गरेका छन्।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार आपत्कालीन सैन्य कानून (मार्सल ल) घोषणा गरेका छन्। उनले मंगलबार राति टेलिभिजन सम्बोधन गर्दै ‘साम्यवादी शक्ति’बाट देशको रक्षा गर्न यो कदम आवश्यक रहेको बताए। बजेट विधेयकमा संसदीय संघर्षबीच राष्ट्रपतिबाट अचानक देशमा ‘मार्सल ल’को घोषणा भएको हो।
“उत्तर कोरियाका साम्यवादी शक्तिद्वारा निम्त्याइएका खतराबाट उदार दक्षिण कोरियालाई संरक्षण गर्न र विरोधी राज्य तत्त्वलाई उन्मूलन गर्न... म यसैले आपत्कालीन सैन्य कानून घोषणा गर्दछु”, युनले टेलिभिजन सम्बोधनका क्रममा भने, “जनताको जीविकोपार्जनलाई कुनै ध्यान नदिई विपक्षी पार्टीले महाभियोग, विशेष अनुसन्धान र आफ्नो नेतालाई न्यायबाट जोगाउनका लागि मात्र शासनलाई कमजोर बनाएका छन्।”
पिपुल पावर पार्टी र मुख्य विपक्षी डेमोक्रेटिक पार्टीबीच बजेट विधेयकलाई लिएर मतभेद जारी राखिरहेका बेला राष्ट्रपति युनले यो आश्चर्यजनक कदम चालेका हुन्। विपक्षी सांसदले गत हप्ता संसदीय समितिमार्फत उल्लेखनीय रूपमा घटाएको बजेट योजनालाई अनुमोदन गरेका थिए।
“हाम्रो राष्ट्रियसभा अपराधीका लागि आश्रयस्थल बनेको छ, न्यायिक र प्रशासनिक प्रणालीलाई पक्षाघात गर्न र हाम्रो उदार लोकतान्त्रिक व्यवस्थालाई उल्टाउन खोज्ने विधायी तानाशाहीको अड्डा बनेको छ”, युनले भने।
उनले विपक्षी सांसदमाथि देशलाई लागुऔषधको शरणस्थल र सार्वजनिक सुरक्षा अराजकताको अवस्थामा परिणत गर्नका लागि लागुऔषध अपराधविरुद्ध लड्ने र सार्वजनिक सुरक्षा कायम राख्ने जस्ता राष्ट्रको मुख्य कार्यका लागि आवश्यक सबै प्रमुख बजेट कटौती गरेको आरोप लगाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
