बुधबार देशभरको मौसम सफा रहने

दिउँसो कोशीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मुख्यतया सफा रहेको छ।

दिउँसो कोशीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी, राति कोशी, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।