धवनको अर्धशतकमा कर्णालीले काठमाडौँलाई दियो १५० रनको लक्ष्य

कर्णालीका ओपनर शिखर धवनले नटआउट ७२ रन बनाए। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। 

तस्वीर: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले काठमाडौँ गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले शिखर धवनको अर्धशतकमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको हो। कर्णालीका ओपनर धवनले नटआउट ७२ रन बनाए। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। 

चाल्डिक वाल्टनले १५ बलमा २१, बाबर हायतले १३ तथा गुलशन झाले १२ रन जोडे। जिशान मक्सुद १४ रनमा नटआउट रहे।

काठमाडौँका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दीपेश कँडेलले समान १-१ विकेट लिए।