१ लाख ५० हजार ४०० पुग्यो सुनको मूल्य

बुधबार छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ३०० रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ। 

चाँदी तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तोलामा १ हजार ८४५ रुपैयाँ रहेको थियो।