खाेटाङ जिल्ला अस्पतालले एक्स–रे सेवाका दुवै कर्मचारीलाई एकैपटक बिदा दिएपछि उक्त सेवा तीन दिनदेखि ठप्प छ।
खोटाङ– जिल्ला अस्पताल खोटाङमा एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। अस्पतालमा कार्यरत दुवै जना रेडियोग्राफर बिदा बसेपछि सेवा ठप्प भएको हो।
आइतबारदेखि बिहीबारसम्मका लागि उक्त सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताए। “दैनिक सरदर ६० जनाको एक्स–रे हुने गरेको छ”, उनले भने, “अस्पतालमा कार्यरत दुवै जना रेडियोग्राफर बिदा गएपछि सूचना प्रकाशन गरेर सेवा बन्द गरेका हौँ।”
जिल्लाको एकमात्र सरकारी अस्पतालको एक्स–रे बन्द भएपछि बिरामी अन्यत्र गएर महाँगोमा गर्न बाध्य छन्। सेवा नपाएपछि त्यत्तिकै फर्किएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका कम्पसेर राईले बताए।
कतिपय बिरामी दिक्तेलकै फेमिली केयर अस्पतालमा गइरहेका छन्। एक्स–रे गर्दा निजी अस्पतालले महँगो शुल्क लिने गरेको सेवाग्राहीको गुनासो छ। “एक्स–रे सेवालाई नियमित गराउन पहल भइरहेको छ”, निमित्त प्रमुख यादवले भने।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले अस्पताल पुगेर समस्याका बारेमा जानकारी लिएका छन्। समस्या समाधानमा पहल भइरहेको मेयर भट्टराईले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
