काठमाडौँका कप्तान करण केसीले आक्रामक ब्याटिङ गरे। उनले १० बलमा २ चौका र २ छक्काको मद्दतमा २८ बन बनाए।
काठमाडौँ– नेपाल प्रिमियर लिगमा काठमाडौँ गुर्खाजले पहिलो जित हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार काठमाडौँले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो।
काठमाडौँका कप्तान करण केसीले आक्रामक पारी खेले। उनले १० बलमा २ चौका र २ छक्काको मद्दतमा २८ बन बनाए। जेरार्ड इरास्मसले ३८ तथा माइकल लेभिटले २२ रन बनाए।
कर्णालीका सोमपाल कामी, नन्दन यादव, गुलशन झा, जीसन मक्सूद र विपीन शर्माले समान १–१ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले शिखर धवनको अर्धशतकमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। कर्णालीका ओपनर धवनले नटआउट ७२ रन बनाए। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।
चाल्डिक वाल्टनले १५ बलमा २१, बाबर हायतले १३ तथा गुलशन झाले १२ रन जोडे। जिशान मक्सुद १४ रनमा नटआउट रहे।
काठमाडौँका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दीपेश कँडेलले समान १-१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
