विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले दियो १९२ रनको विशाल लक्ष

लुम्बिनी लायन्स लिगको पहिलो खेल खलिरहेको छ भने लगातार दुई खेल हारेको विराटनगर किंग्स पहिलो जितको खोजीमा छ।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले विराटनगर किंग्ससमक्ष १९२ रनको विशाल लक्ष्य पेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार दिउँसो जारी खेलमा लुम्बिनीले ७ विकेटको क्षतिमा १९१ रन बनायो। यो एनपीएलमा कुनै टिमले दिएको अहिलेसम्मकै उच्च स्कोर हो। 

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले २० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए। यस्तै, टम मुर्सले ३०, अर्जुन साउदले १७, आशुतोष घिरैयाले १५ र सन्दीप जोरा १२ रन बनाए। लुम्बिनीका ४ ब्याटर रनआउट भएका थिए जसमध्ये २ वटा शानदार डिरेक्ट हिट थियो। तीबाहेक सन्दीप लामिछाने, राजेश पुलामी र इस्मत आलमले १/१ विकेट लिए।

लुम्बिनी लायन्स लिगको पहिलो खेल खलिरहेको छ भने लगातार दुई खेल हारेको विराटनगर किंग्स पहिलो जितको खोजीमा छ। विराटनगर यसअघि जनकपुरसँग ८ विकेटले तथा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको थियो।