झन्डै २५ अंकले घट्यो नेप्से, ९ अर्ब १३ करोडको कारोबार

आज नेप्से २४.९७ अंकले घटेर २,७५०.८७ को बिन्दुमा कायम भएको छ।

काठमाडौँ– शेयरबजार परिसूचक नेप्सेमा बुधबार दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से २४.९७ अंकले घटेर २,७५०.८७ को बिन्दुमा कायम भएको हो।

३२० कम्पनीको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता शेयर ९६ हजार ६७७ पटक खरिदबिक्री हुँदा नौ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

जलविद्युत् समूह ०.५९, उत्पादन तथा प्रशोधन ०.१४ र लघुवित्त ०.१२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी व्यापार समूह ८.७२ प्रतिशतले घटेको छ।

बैंकिङ ०.३४, विकास बैंक १.९४, वित्त १.२४, होटल तथा पर्यटन ०.४० र लगानी समूह ०.०२ प्रतिशतले घटेको छ। त्यस्तै जीवन बिमा १.५०, म्युचुअल फन्ड ०.३४, निर्जीवन बिमा ०.३३ र अन्य समूह ०.७४ प्रतिशतले घटेको छ।

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३० करोड ३० लाख ६९ हजार २२५ रुपैयाँको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ११ लाख ९५ हजार ९८४ कित्ता शेयर किनबेच भएको छ।