दक्षिण कोरियाको ३०० सदस्यीय संसद्मा विपक्षी दलसँग भारी बहुमत छ तर प्रस्ताव पारित गर्न आवश्यक दुईतिहाइ बहुमत भने पुग्दैन।
काठमाडाैँ– दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले मंगलबार राति 'मार्सल ल' लगाउने प्रयास असफल भएसँगै विपक्षी सांसदहरूले उनलाई महाभियोग लगाउने प्रस्ताव पेश गरेका छन्। युनले राष्ट्रपति पदको दुरुपयोग गरेको भन्दै महाभियोग लगाउने तयारी गरिएको हो।
चार दशकभन्दा बढी समयपछि पहिलो पटक नागरिक शासन निलम्बन गर्ने युनको आश्चर्यजनक प्रयासले दक्षिण कोरियालाई गहिरो उथलपुथलमा तानेको छ। यस कदमले सियोलका निकट सहयोगीहरूलाई चिन्तितसमेत बनाएको छ। सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित भएका परम्परावादी राजनीतिज्ञ तथा पूर्व सरकारी वकिल युनको भविष्य अहिले निकै अनिश्चित बनेको छ ।
दक्षिण कोरियाका विपक्षी दलले बुधबार युनलाई महाभियोग लगाउने प्रस्ताव दर्ता गराएका हुन्। विपक्षी डेमोक्रेयाटिक पार्टी (डीपी) का नेता किम योङ मिनले भने, “हामीले तत्काल राष्ट्रपति युनविरूद्ध महाभियोग प्रस्ताव पेश गरेका छौँ।”
उनीहरूले राष्ट्रपति युनविरूद्धको महाभियोग प्रस्तावमा संसदमा मतदान कहिले राख्ने भन्ने बारे निर्णय गर्न बाँकी छ। उच्च पदस्थ विपक्षी नेताहरूले मतदान शुक्रबारसम्म हुन सक्ने बताएका छन्।
दक्षिण कोरियाको ३०० सदस्यीय संसद्मा विपक्षी दलसँग भारी बहुमत छ तर प्रस्ताव पारित गर्न आवश्यक दुईतिहाइ बहुमत भने पुग्दैन। यसका लागि राष्ट्रपतिको पार्टीबाट केही सांसदको दलबदल आवश्यक छ। यसअघि डीपीले युन, उनका रक्षा तथा आन्तरिक मामिलामन्त्री, सैन्य कानूनका कमान्डर र प्रहरी प्रमुखलगायतका अधिकारीविरूद्ध राज्य विद्रोह (कू) को मुद्दा दायर गर्ने बताएका थिए।
यसैबीच, पछिल्लो घटनाक्रमलाई लिएर देशको सबैभन्दा ठूलो छाता श्रमिक संघले युनले राजीनामा नदिएसम्म अनिश्चितकालीन आम हड्तालको आह्वान गरेको छ।
यस्तै त्यहाँका सामाजिक कार्यकर्ताहरूले पनि राष्ट्रपति युनको राजीनामा माग गर्दै देशभर केही दिनसम्म प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। बीबीसीले जनाएअनुसार दक्षिण कोरियाको सबैभन्दा ठूलो शहर बुसानका कार्यकर्ताहरूले अर्को हप्ता हरेक दिन विरोध र्याली गर्ने योजना बनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
