बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ५८०.६२ रुपैयाँ तोकेको छ। यो मूल्य बजार भाउभन्दा माथि रहेको कम्पनीले जनाएको छ।
भद्रपुर– बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ।
कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र पाँच हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो। “कम्पनीले धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ५८०.६२ रुपैयाँ तोकेको छ,” उनले भनिन्, “कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन्।”
झापामा यो वर्ष तीन लाख ८५ हजार १९६ मेट्रिक टन धान उत्पादन भएको छ। धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादनमा भने सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
यस वर्ष ७५ हजार ४५९ हेक्टरमा धानखेती भएकामा उत्पादकत्व ५.१० मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए। “गत वर्षभन्दा यो वर्ष आठ हजार ७९१ मेट्रिक टन धान उत्पादन बढेको छ,” उनले भने।
जिल्लाको केही स्थानमा हर्दिना–६, सावा मसुली, बहुगुणी–२ लगायतका जातका धानबालीमा पेनिकल ब्लाइडको समस्या देखिए पनि समग्रमा धान उत्पादन बढेको ज्ञान केन्द्रले जनाएको छ।
यस वर्ष धानखेतीका लागि मौसम अनुकूल हुनु, मलको उपलब्धताका साथै गुणस्तरीय तथा उन्नत बीउका कारण उत्पादन बढेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
