पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको हो।

काठमाडौँ– नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको हो।

पोखराका लागि माकर्स क्रिच्लेले ३० ३५ रन बनाए। एन्ड्रिज गोउसले २० तथा दिनेश खरेलले १० रन बनाए। 

जनकपुरका ललित राजवंशीले ३ विकेट लिए। जेम्स निसामले २ तथा किशोर महतो र मोहम्मद मोसिनले समान १/१ विकेट लिए।