एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सबाट जितका लागि १६८ रनको लक्ष्य पाएको काठमाडौँ गुर्खाजले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको हो।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे। उनले ३६ बलमा ४ छक्का र ३ चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए।
कप्तान दीपेन्द्रसिंह ऐरीले ४२ रन बनाए। ऐरीले २५ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ४२ रन जोडेका हुन्।
यस्तै, विनोद भण्डारीले ३५, सैफ जैबले ११, रोहन मुस्तफाले चार र आरिफ सेखले ३ रन बनाए। खेलमा अविजित रहँदै स्कट कुग्गेलिजनले ७ र इसान पाण्डेले १ रन बनाउँदा सुदूरपश्चिमले अतिरिक्त १० रन पायो।
काठमाडौँका लागि रासिद खानले सर्वाधिक २ विकेट लिए। गेर्हार्ड इरास्मस, शाहब आलम र कप्तान करण केसीको नाममा १/१ विकेट रह्यो। अहिले काठमाडौँले जवाफी ब्याटिङ गरिरहेको छ।
काठमाडौँले यसअघि दुई खेल खेलेकोमा एउटा मात्र विजयी भएको छ भने सुदूरपश्चिम पहिलो खेलमै जित हासिल गर्न सफल भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
