विराटनगर महानगरपालिकाले डुबानकाे दीर्घकालीन समाधान खाेज्न एसियाली विकास बैंकसँग सहकार्य गरेर सम्भाव्यता अध्ययन थालेकाे छ।
विराटनगर– विराटनगरलाई डुबानबाट बचाउन एसियाली विकास बैंक (एडीबी)ले अध्ययन शुरू गरेको छ। डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एडिबीसँग सहकार्य गरेर सम्भाव्यता अध्ययन थालेको हो।
पानीको सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ। महानगरलाई वैज्ञानिकरूपमै डुबानबाट मुक्त गर्न एडिबीको सहयोगमा सम्भाव्यता अध्ययन थालेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए। सोमबार अध्ययन टोलीले महानगरका डुबानबाट बढी प्रभावित हुने वडाको स्थलगत निरीक्षण गरेको छ।
विराटनगरमा जम्ने पानीलाई कसरी सिङ्घिया र केसलिया खोलामा लगेर व्यवस्थापन गर्न सकिन्छ भनेर एडीबीका परामर्शदाताबाट अध्ययनको सुरूआत गरिएको उनको भनाइ छ। त्यस्तै पुराना पैनीहरू घोगा, बस्ता, धुदुवा, च्याङबारी, मर्लीखोलालगायतको पानीलाई पनि मूलखोलामा व्यवस्थापन गर्ने महानगरको योजना छ।
“विराटनगरको उत्तरबाट दक्षिण र पूर्वबाट पश्चिमसम्म हेरिरहेका छौँ”, कोइरालाले भने, “एडीबीबाट आएका साथीहरूसँग म आफैँ हिँडिरहेको छु। उहाँहरूले एक–दुई हप्ताभित्रैमा प्रतिवेदन तयार पार्नुहुनेछ।” टोलीनेता डा. शेख जाबेद मोहम्मदसहितको प्राविधिक टोलीले सम्बन्धित वडामा पुगेर पानीको निकासका विषयमा सुक्ष्म अध्ययन गरेको छ।
विराटनगर वडा नं ३, १५, १७, १८ र १९ मा पुगेर स्थलगत अध्ययन गरेको छ। टोलीले अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पार्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
