२०६५ सालदेखि बन्द रहेको पूर्वी ढोका भक्तजनका लागि अब नियमित खोलिने छ।
काठमाडौं- तीजका अवसरमा १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा दर्शनार्थीलाई सहज भएको छ।
पशुपति क्षेत्र विकास कोषले २०६५ सालदेखि बन्द रहेको वाग्मती नदी किनार एवं आर्यघाट क्षेत्रको पूर्वी मूलढोका यस वर्ष तीजमा खोलेको हो। तीजमा पशुपतिनाथको दर्शन गर्न आउने व्रतालुलाई सहज बनाउन ढोका खोलिएको कोषले जनाएको छ।
२०६५ सालमा पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो। त्यसपछि आक्कलझुक्कल यो ढोका खुल्ने गरे पनि भक्तजनकै लागि भने यसै वर्षमात्र खुला गरिएको हो। यो ढोका अब नियमितरूपमा खोल्ने तयारी पनि कोषले गरेको छ।
यस वर्ष कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ। यसले गर्दा बिहानैदेखि दर्शनार्थीलाई सहजरूपमा दर्शन गराउन सकिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।
तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको छ। दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्ने गरी व्यवस्था गरिएको छ।
तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ। यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भागमा राखिएको छ। चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गराइएको छ। यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता–चप्पल गुरु मन्दिरअघिको खुला भागमा राख्न लगाइएको छ। रासस
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
